विएण्डसी हस्पिटलमा १७ करोडको ल्याव मेसिन


 

बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलले पुरानो ल्याब सेट विस्थापन गरेर १७ करोड रूपैयाँ खर्चिएर अत्याधुनिक ल्याब मेसीन ल्याएको छ।

हस्पिटल प्रशासनले बुधबार पत्रकार सम्मेलन गरी नयाँ मेसिन र प्रयोगबारे जानकारी गराएको हो। अब कुनै पनि रोगको परीक्षणका लागि विरामीहरुले विदेशिनु नपर्ने हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी गराए। ‘ल्याबको रिपोर्टले नै हो रोग देखाउने, त्यसैले विएण्डसीले विरामीको सुविधाका लागि उच्चस्तरीय ल्याव मेसिन प्रयोगमा ल्याएको हो।’

जुनसुकै रोगका विरामीको रोग पत्ता लगाउन अब छिमेकि मुलुक भारत र राजधानी धाउनु नपर्ने कार्यकारी निर्देशक प्रसाईंले बताए। युरोपियन मुलुकका अस्तालमा भएकै स्तरको ल्याब बिएण्सीमा पनि जडान गरिएको उनले दाबी गरे।

बी एण्ड सी अस्तपालमा यसअघि ७ करोडको लागतमा ल्याब सञ्चालनमा ल्याइएको थियो। अहिले नयाँ अपडेट गर्दा लगानी १७ करोड पुगेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए।

पछिल्लो पटक १० करोड मुल्यका ल्याव मेसिन आयात भएका छन्। बी एण्ड सीका बायोकेमेस्ट्रीका डा. दिनेश यादवका अनुसार यस्तो उच्चस्तीय ल्याबमा गल्ती हुने सम्भावना अति न्यून हुन्छ। उनका अनुसार बी एण्ड सीमा इमर्जेन्सी ल्याब छुट्टै छ। र, त्यो २४ घण्टा खुला रहन्छ। मुलुकका अधिकांश अस्पतालमा हुनै नसक्ने ३५–४० वटा रोगको टेष्ट बी एण्ड सीमा गरिने उनले जानकारी दिए।

सो अस्पतालमा यतिवेला वायोकेमेष्ट्री तथा हर्मोन को परीक्षणका लागि नयाँ मेसिन प्रयोगमा ल्याउन थालिएको छ। डाइवेटीज, कलेजो, मृगौला लगायतका रोगको रगत परीक्षण गर्ने मेसिन पनि प्रयोगमा ल्याईएको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए।

अस्पतालमा उच्चस्तरीय प्रविधिको मेसीनद्धारा शरीरमा भएको रगतको परीक्षण गरि रोग पत्ता लगाउने मेसीन पनि जडान भएको छ। यस्तै पिसावको परीक्षण गरेर रोग पत्ता लगाउने मेसिन पनि प्रयोगमा आउने थालेको पत्रकार सम्मेलनमा जानकारी दिईयो।

माइक्रोवायोलोजि अन्तर्गत रोग लगाउने जिवाणु पत्ता लगाउने मेसीन पनि विएण्डसीले प्रयोगमा ल्याउन थालेको छ। यस्तै अप्रेशनबाट निकालिएको मासुको परीक्षण गर्ने मेसीन पनि प्रयोगमा आउन थालेको छ । अव बिरामीले अप्रेसन पछिको मासु परीक्षणका लागि अन्यत्रै जानुपर्ने झण्झट व्यहोर्नु नपर्ने जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.