गौचनको हत्यापछि निर्माण व्यवसायी सडकमा, बानेश्वर- तीनकुने सडक बन्द गरे


नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि निर्माण व्यवसायीहरूले अहिले सिभिल अस्पतालमा नारा लगाइरहेका छन् ।

निर्माण व्यवसायी जम्मा भइ प्रहरीले सुरक्षा दिन नसकेको भन्दै नारा लगाइरहेका छन् । हत्यारालाई कारबाही र  गृहमन्त्रीको उनीहरूले राजीनामा माग गरेका छन् ।

व्यवसायीहरू सुरक्षित नभएको उनको भनाइ छ। उनीहरूले अहिले बानेश्वर- तीनकुने सडकसमेत बन्द गरेका छन् ।

यो पनि हेरौं

निर्माण व्यवसायी संघका अध्यक्षको राजधानीमा गोली हानी हत्या

चन्दा नदिएका कारण गौचनको हत्या भएको हुन सक्ने प्रहरीको आंशका

‘बाटो ढुकेर’ गौचनको हत्या

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.