गोली लागि घाइते भएका निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ।
काठमाडौं सिभिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई होली हानेका थिए।
उनको पेटमा २ गोली लागेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले काठमाडौंको उपत्यकाको चेकजाँचमा समेत कडाइ गरेको छ।