नेपालमा पनि देखिन थाल्यो अवैध बिटक्वाइन कारोबार, ७ जना पक्राउ


प्रहरीले अवैध बिटक्वाइनको कारोबार गर्ने ७ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सिन्धुली कल्पबृक्ष घर भइ काठमाडौं बानेश्वर बस्ने ज्ञानप्रसाद पौडेल, अर्घाखाँची घर भइ बानेश्वर नै बस्ने माधब खनाल काठमाडौं ३४ का प्रशान्त प्रताप शाह, नुवाकोट बेलटार घर भइ कलंकी बस्ने बिन्दा ढकाल, मिङमार तामाङ, दमन बस्नेत र मनिषकुमार गिरीलाई पक्राउ गरेको हो।

अवैध विटक्वाइन कारोबारबाट उनीहरुले नेपाल ठूलो रकम पठाएको सिआइबीका डिआइजी पुष्कर कार्कीले जानकारी दिए। नेपालमा पनि विट क्वाइन कारोबारी रहेको र त्यसबारे सचेत रहन राष्ट्र बैंकले सूचना जारी गरेपछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो।

राष्ट्र बैंकले बिटक्वाइनलाई गैर कानुनी घोषणा गरेको छ। यो एक एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । यो फेसबुक इमेल र वेव साइटमा गएर युजर आडडी बनाएर खेल्न मिल्छ।

नेपालमा भने रकम मानिसहरु भेटेर नै दिने गरेको भेटिएको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

विदेश तिर सो खेल खेल्न एटीएमजस्तै कार्ड बनाइएको हुन्छ र त्यसैबाट रकम पठाउन र लिन सकिन्छ। ओपन सोर्स सफ्टवेयरको रुपमा सातोसी नाकामोतो को नाममा सन् २००९ मा इन्टरनेटमा यसको प्रयोग सुरु भएको हो ।

नेपालमा यसको प्रयोग सन् २०१३ तिर शुरु भएको बुझिन्छ । सन् २००९ मा १० सेन्टमा सुरु भएको बिटक्वाइनको कारोवार हाल ४३९३ डलरसम्म पुगेको छ । यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोवार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन ।

यसको कारोवारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने देखिन्छ। बिटक्वाइन कारोबार गर्ने अन्य गिरोहहरु पनि नेपालमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.