काठमाडौंमा राति २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ।
दुई सेकेन्ड जति हल्लाएको यो परकम्प ३.७ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौंको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु पारेर गएको भूकम्प २०७२ वैशाख १२ गतेको भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ।
दुई वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको भुइँचालोले पारेको क्षति अझै पुनर्निर्माण हुन सकेको छैन। विस्थापितहरु पनि सबै पुनर्स्थापित भइसकेका छैनन्।