अदालतबाटै भागेका अभियुक्त पक्राउ


अदालत परिसरबाटै फरार भएका एक अभियुक्तलाई केही समयपछि प्रहरीले गरेको छ।

बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवलमा उपस्थित गराइएका बुटवल–११ का होमबहादुर परियार दिउँसो परिसरबाटै फरार भएका थिए। उनी शौचालय जाने बहानामा भागेको र बुटवलको हिलपार्क जंगलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।

मानव बेचबिखनको अभियोगमा उनी पक्राउ परेका थिए। पक्राउ परेपछि एकपटक पनि म्याद थप नभइसकेको अवस्थामा उनलाई बन्दी प्रत्यक्षीकरण रिटमा अदालत उभ्याइएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.