लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि बम भेटियो


काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि बम भेटिएको छ। आइतबार राती ९ बजेतिर निलो झोला भित्र अज्ञात समूहले बम राखेको प्रहरीले जनाएको छ।

सो सुतली बम रहेको प्रहरीले जनाएको छ। बम भेटिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित भएका छन् ।

सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगेको छ। सो क्षेत्रलाई अहिले प्रहरीले सिल गरेर सुरक्षा सतर्कता बढाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.