चुडामणी शर्माको घरमा बम विस्फोटको प्रयास


अज्ञात समूहले काठमाडौंको बुढानिलकण्ठस्थित चुडामणी शर्माको घरमा बम विस्फोटको प्रयास गरेको छ।

भ्रष्टाचारको मुद्दा खेपिरहेका शर्माको घरमा गएराती साढे ११ बजेतिर सिलिण्डर बम विस्फोटको प्रयास भएको हो।

२ वटा ग्यास सिलिण्डरमा ग्यास लगाएर अज्ञात समूह भागेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्रबहादुर धानुकले बताए।

ग्यास पड्कन नपाएपनि आगोका कारण शर्माको मुल गेटमा सामान्य क्षति भएको छ। प्रहरीका अनुसार शर्माको छोरीले रातको समयमा आफ्नो गेटमा आगो बलेको देखिएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीले शर्माको गेटमा रहेको सिसिटिभी हेरेर बम विस्फोट गर्नेको हुलिया पत्ता लगाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको एसएएसपी धानुकले बताए। भ्रष्टाचार सम्बन्धी मुद्दा अख्तियारको नियन्त्रणमा रहेका शर्मा धरौटीमा छुटेपछि उत्श्रृखल समूहले उनको घरमा बम विस्फोटको प्रयास गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.