रोल्पाको थवाङ गाँउपालिकाका अध्यक्ष अपहरणमा

विप्लव नेतृत्वको माओवादीले अपहरण गरेको आशंका


रोल्पाको थवाङ गाँउ पालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर गएराती अपहरणमा परेका छन्।  राती ११ बजेतिर एकसमूहले उनको कुइजवाङ भन्ने स्थानबाट अपहरण गरेको प्रहरीले जनाएको छ।

ससुराली जाने क्रममा उनको साथमा श्रीमती रहेतापनि श्रीमतीलाई भने अपहरणकारी घर जान भनेका थिए। श्रीमतीले नै प्रहरीलाइ श्रीमान अपहरणमा परेको जानकारी गराएकाे  जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

स्थानीय निकायको चुनावमा उनी माओवादी केन्द्रबाट विजयी भएका थिए। उनको खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

थवाङमा भोली शनिबार गाउँपालिकाको प्रथम भेला थियो ।

भेलामा पुष्पकमल दाहाल प्रचण्ड त्यहाँ जाने कार्यक्रम थियो । उनको अपहरण नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको हुन सक्ने सुरक्षा अधिकारीले अनुमान गरेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.