पोखराको पृथ्वी चोकमा सिलिण्डर बम, सेनाद्वारा निष्क्रिय 


पोखराको पृथ्वी चोकस्थित सस्तो बजारमा राखेको सिलिण्डर बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

सोमबार बिहान आगो निभाउन प्रयोग हुने फायर बिग्रेडको सिलिण्डरमा मोटरसाइकलमा ब्याट्री जडान गरी सस्तो बजारमा देखिएको थियो ।

सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो।

अज्ञात व्यक्तिले सिलिण्डर बम छाडेको र नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले बताए । उनले बम राख्नेको खोजी भइरहेको बताए ।

नेपाल वायुसेवा निगमको जग्गाका भाडामा लिई सडक व्यापारीले बजार सञ्चालन गर्दै आएका थिए तर केही महिना पहिले अर्को कम्पनीले टेण्डर पारेपछि भत्काएर नयाँ निर्माण गरिरहेका बेला बम भेटिएको हो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.