‘केयु स्कुलअफ आट्र्स मीट एण्ड ग्रीट–२०१७’ आइतबार हुदैँ


काठमाडाैं  विश्वविद्यालय (केयु) को सात स्कुलहरुमध्ये एक— स्कुलअफ आट्र्सको एक दिवसीयकार्यक्रम ‘केयु स्कुलअफ आट्र्स मीट एण्ड ग्रीट– २०१७’ आइतबार हुने भएको छ।

स्कुल कम्प्लेक्स, हात्तिवनमा हुने मेलामा स्कुल अफ आट्र्समा अध्ययनको अभिलाशा राख्ने विद्यार्थीहरु जम्मा हुने अपेक्षा गरिएको छ ।

जहाँ उनीहरुले स्कुलमा उपलब्ध कार्यक्रम र तीनको व्यावसायिक बजारमा रहेको महत्वबारे जानकारी हासिलगर्न सक्नेछन् । अध्यापकहरुसँग समेत छलफल र सल्लाहको अवसर उपलब्ध गराउने मेलाबाट विद्यार्थीहरुको लागिआफ्नो उच्चशिक्षाको उत्कृष्ठ निर्णय लिन सघाउने अपेक्षा गरिएको छ ।

‘काठमाडौं विश्वविद्यालयले सधैँ सामाजिक विज्ञानलाई प्रबद्र्धन गर्दै त्यसको लागि उत्कृष्ठ वातावरण तयार पार्न क्रियाशिल छ,’  स्कुलका डिन डा. सागरराजशर्माले भने ।

आइतबारको कार्यक्रममा आउने विद्यार्थीहरुले आफ्ना रुचिका कोर्सबारे विस्तृत परामर्श पाउनेछन् । स्कुलअफ आट्र्सको एउटा अंश सेन्टर अफ आर्ट एण्ड डिजाइनले आफ्ना कामहरु प्रदर्शनीमा राख्नुका साथै शिक्षक र विद्यार्थीका लाइभपोट्रेटका नमूना सत्रहरु हुनेछन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.