समाचारको प्रभाव: ऋिषिदेवका दुई छोराले पाए नि:शुल्क उपचार


नेपाली काङ्ग्रेस मोरङ जिल्ला कार्यसमितिका सचिव मोदराज घिमिरेले मोरङको रंगेली नगरपालिका ९ स्थित दोमहानाका शान्ति देवी ऋिषिदेवका दुई छोरालाई नि:शुल्क उपचार गरिदिने घोषणा गरेका छन् ।

भदौ १४ गते सेतोपाटी अनलाइनमा ‘हे दैव मलाई अझै दुःख दे’ शीर्षकमा प्रकाशित समाचार पढिसकेपछि रंगेली नगरपालिकाका प्रत्यासी मेयर पदमा समेत उठेका उनले शान्ति देवीका दुई छोरा सन्तोष ऋिषिदेव र गणेश ऋिषिदेवलाई नि:शुल्क उपचार गरिदिने घोषणा गरेका हुन् ।

सेतोपाटी अनलाइनको समाचार पढेर आफू अति मर्माहित भएर सो परिवारको नि:शुल्क उपचार गरिदिने मनसाय बनाएको उनले सुनाए । उनले ऋिषिदेवका दुई छोरालाई शुक्रबार नै विराटनगरस्थित नोवेल अस्पतालमा उपचार गर्ने लगेका छन्।

सो परिवारलाई पोषणयुक्त खानेकुराको सम्पूर्ण जिम्मेवारी नेपाली काङ्ग्रेसका युवा नेता लीलाराज खरेलले लिएका छन् ।

यो पनि पढ्नुहोस्

‘हे दैव मलाई अझै दुःख दे’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.