जलमग्न ललितपुर


शुक्रबारदेखि परेको अविरल वर्षाले पूर्वदेखि पश्चिमसम्मका तराई र केही पहाडी जिल्लामा बाढीपहिरोसँगै राजधानीका अधिकांस स्थानहरु प्नि जलमग्न हुँदा जनजिवन प्रभावित भएको छ।

करिब २४ घन्टादेखि जारी मुसलधारे वर्षापछि देशभर ठुलो जनधनको क्षति भएको गृह मन्त्रालयले बताएको छ। त्यस्तै यो वर्षाबाट ललितपुरका विभिन्न क्षेत्र डुबानमा पर्दा जनजीवन प्रभावित भएको छ।

ल्लितपुरका हात्तीवन, हरिसिद्धी , नख्खु र त्यसका वरीपरीका क्षेत्रमा डुबान हुँदा आम जनता सास्तीमा परेका छन्।

हात्तिवनको सडकमा पानी जमेर घर आँगनभित्र पस्दा अन्नपात, लुगाफाँटा,पसलमा भएका सामानमा क्षति पुगेको स्थानीयहरुले बताएका छन्।
हात्तीवनमा रहेको कुड्काे  खोलाको भूभागा मिचेर घर बनाउँदा खोला साँघुरो भएको र धेरैबेर पानी आउँदा सडकमा पुग्दा यस्ताे अवस्था आएको स्थानीयको गुनासो छ।

हात्तीवनमै रहेको काठमाडौं विश्वविद्यालयको आर्टस क्याम्पस डुबानमापर्दा त्यहाँभित्र रहेका किताब, कम्प्युटर, कागजपत्र सबै नष्टभएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.