‘जाग्यो नेपाल’ का अभियन्ताले यसरी गरे सडक सफाइ (तस्बिरहरू)


जाग्यो नेपाल नामक सामाजिक अभियान सुरु भएको तेस्रो साता अभियन्ताहरूले मैतिदेवीको सेतोपुल-पुरानोबानेश्वर सडकखण्ड सरसफाइ गरेका छन्।

यो अभियान प्रत्येक शनिबार शहरी सडक र पेटीका फोहोर सफा गर्न फेसबुकमार्फत संयोजन गरेर सरू गरिएको हो।

सेता टिसर्ट लगाएका अभियान्ताले आज शनिबारको झरीमा सडकका नाला खोल्ने, खाल्डा पुर्ने र यत्रतत्र छरिएका फोहोर उठाउने काम गरे।

काठमाडौंका फोहोर सार्वजनिक स्थानहरु सफा गर्दै स्थानीयलाई जागरुक बनाउने अभियानको उद्देश्य हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.