यसरी भयो कुसुन्तीमा ‘प्रहरी इन्काउन्टर’


ललितपुरको कुसुन्तीका ३२ वर्षीय प्रविण खत्री आफ्नै घरमा ढोका लगाएर बसेका थिए। प्रहरीले उनलाई ढोका खोल्न आग्रह गर्‍यो। निकै बेर उनले ढोका खोलेनन्।  त्यसपछि प्रहरीले जर्वजस्ती ढोका खोल्न बल प्रयोग गर्न खोज्यो।

त्यत्तिन्जेलसम्ममा उनी साढे २ तला घरको कौशीबाट पछाडि हाफ हाले। घर पछाडि रहेको चौरमा २ वटै हातमा उनको पेस्तोल थियो।  प्रविणले प्रहरीलाई लक्षित गर्दै एक राउण्ड फायर गरे। जवाफमा प्रहरीले गोली चलायो। प्रहरीले गोली हान्नासाथ उनले पनि कन्चटमा आफैँले गोली हाले।

प्रहरीले आफ्नै गाडीमा हालेर पाटन अस्पताल लग्यो। डाक्टरले उनको मृत्यु भइसकेको जानकारी दिए। प्रहरीका अनुसार उनी उपत्यकाको ठूलै लागूऔषध कारोबारी हुन्।

महानगरीय अपराध महाशाखाको टोलीले घरमा छापा मार्ने क्रममा प्रविणले हतियार चलाएपछि आफूहरुले पनि गोली चलाएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार खत्री १० वर्षदेखि लागु औषध सेवन गरिरहेका छन्।

उनले घर परिवार र छिमेकीलाई निकै दुःख दिने गरेका थिए। प्रहरीका अनुसार केही वर्ष अघि लागूऔषध नियन्त्रण ब्युरोको टोलीले घरमा छापा मारेको थियो।  त्यसबेला उनले आफ्नै बालक छोरालाई मारिदिनेसम्मका धम्किदिएपछि लागूऔषधको टोली फर्किएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.