कुम्भेश्वर मेला बंगलामुखि (तस्बिरहरु)


श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व आज पनि देशका केही भागमा मनाइदैछ। आज खण्डग्रास चन्द्रग्रण लाग्ने भएकाले नागपञ्चमीकै दिन काठमाडौंसहित मुलुकका केही भागमा रक्षा बन्धन मनाइएको थियो।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको हुन्छ । आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ ।

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । आज पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लागिरहेको छ।

पाटनको कुम्भेश्वरमा लागेको मेलाका क्रममा केही तस्वीरहरू…

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.