‘सडकमै सांसदले उतारे माफियाको आरती’ (तस्बिरहरू)


कानमा मुन्द्रा, आँखामा कालो चस्मा, इस्टकोट र ढाका टोपी लगाएका मोटा व्यक्ति कुर्सीमा छन्। उनकै वरपर इस्टकोट लगाएका केही व्यक्ति धुप बालेर उनको आरती उतारिरहेका छन्।

राजधानीको बानेश्वरस्थित संसद भवनको सय मिटर वर शनिबार देखिएको दृश्य हो। ती मोटा व्यक्ति मेडिकल माफिया र अरू सा‌ंसदका प्रतिनिधि पात्र हुन्।

डाक्टर गोविन्द केसीको ११ औं सत्याग्रहको १३ औँ दिन बित्दा समेत सरकारले माग सम्बोधन नगरेपछि उनका समर्थकले शनिबार सडकमै यो नाटक गरेका हुन्। सांसदले मेडिकल माफियाको संरक्षण गरेको व्यङ्गात्मक नाटक उनीहरुले प्रस्तुत गरेका हुन्।

माइतीघरबाट बानेश्वरसम्म पुगेको र्यालीमा डा. तोसिमा कार्कीले माफियातन्त्रविरुद्ध सडक नाटक गरेको प्रस्ट्याइन्।

प्रदर्शनमा सहभागी पूर्वप्रधान्यायाधीश सुशीला कार्कीले च्याउ जतिकै मेडिकल इस्टिच्युट खडा हुँदा विकृति श्रृजना भएको बताइन्।

मेडिकल शिक्षा क्षेत्रमा भएका अनियमितता अन्त्य तथा चिकित्सा शिक्षा विधेयक पास हुनपर्ने माग गर्दै १३ दिनदेखि अनसनमा छन्। चिकित्सा शिक्षा विधेयक संसदमा अड्किएको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.