भक्तपुरमा १० स्थानमा भोलि पाँच घन्टा बिजुली नआउने


भक्तपुरका विभिन्न १० ठाउँमा बिहीबार पाँच घन्टा बिजुली काटिने भएको छ।

नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार नियमित मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ती क्षेत्रमा विद्युत कटौती गरिनेछ।

केन्द्रका अनुसार ठिमी सब-स्टेसनबाट बिजुली वितरण हुने निकोसेरा, राधेराधे, नयाँ ठिमी, गठ्ठाघर, कौशलटार, बालकोट, लोकन्थली, दधिकोट, गुन्डु र सानोठिमी बिजुली कटौती हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.