किर्तिपुरमा चक्कु हानेर लुटपाट


काठमाडौंको किर्तिपुरमा चक्कु हानेर लुटपाट भएको छ। धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा रौतहट ङयाल–८ घर भएका २५ वर्षीय सुमन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले शनिबार राति किर्तिपुर नगरपालिका–२ मैत्रीनगर स्थित बाटोमा हिडिरहेका जाजरकोट छेडागाड नगरपालिका–१२ घर भएका १८ बर्षीय प्रकाश अधिकारीलाई टाउकोमा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाई रकम र मोबाइल लुटपाट गरेका थिए।

सो घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई कलंकी खसी बजारबाट पक्राउ गरेको थियो । घाइते अधिकारीलाई उपचारको लागि किर्तिपुर मोडेल अस्पतालमा पठाइएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.