प्रत्येक घरपरिवारबाट सामूहिक रक्तदान


सामूदायिक प्रहरीको अनुरोधमा प्रत्येक घरबाट सामूहिक रक्तदान गरिएको छ । सामूदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा हरेक घरबाट दुर्इ /दुर्इ जनाले सामूहिक रक्तदान गरेका हुन् ।

वीरगञ्जको श्रीपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अधिकांश परिवारका दिदिबहिनी, भाईबहिनी ,बुवाछोरा,आमाछारीले सँगै रक्तदान गरेको सामूदायिक सेवा केन्द्रका अध्यक्ष राम सर्राफले बताए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायले रक्तदान जस्तो महान दानप्रति वीरगञ्जवासीको जागरुक्ताले आफूलार्इ आश्र्चर्य चकित बनाएको बताए । उनले रक्तदानमा वीरगञ्जवासीको उदाहरणीय सहभागिता रहेको बताउँदै विभिन्न कार्यक्रमहरुमा स्थानीयले गरेको रक्तदानले नेपाल मात्र नभर्इ सिमावर्ती भारतीय रोगी बिरामीलाई समेत ठूलो सहयोग हुने गरेको सुनाए  ।

कार्यक्रममा लगभग ६० जनाभन्दा व्यक्तिहरुले रक्तदान गरेका थिए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.