दश हजार घुस लिएको अभियोगमा पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई १० हजार रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

एक कर्मचारीसँग घुस लिँदालिँदैआयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ”, कोइरालाले भने । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.