त्रिवि दूरशिक्षाको कार्यकारी निर्देशकमा भण्डारी


त्रिभुवन विश्वविद्यालयको खुला तथा दूरशिक्षा केन्द्रको निर्देशकमा डा बालमुकुन्द भण्डारी नियुक्त भएका छन्।

विश्वविद्याल कार्यकारी परिषद्को यही साउन ८ गतेको बैठकले उनलाई सो पदमा नियुक्त गरेको त्रिवि सूचना शाखाले जनाएको छ।

शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत भण्डारी यसअघि त्रिवि अन्तर्राष्ट्रिय केन्द्रको कार्यकारी निर्देशक थिए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.