पुस्तकालयमा पाँचलाख बढीको अक्षयकोष

पुस्तकालयमा पाँचलाख बढीको अक्षयकोष


पोखरा लेखनाथ महानगरपालिका– ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित सहिद स्मृति पुस्तकालयमा पाँच लाख नौ हजार १ सय १ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

पुस्तकालय सञ्चालन गर्न ११ जना विभिन्न व्यक्तिले अक्षयकोषमा सहयोग प्राप्त भएको समाजका निवर्तमान अध्यक्ष वसन्त भण्डारीले जानकारी दिए।

अक्षयकोष स्थापनाका लागि डा भरतबहादुर खत्रीबाट एक लाख ११ हजार १ सय ११ , विष्णुप्रसाद/ ऋषिराम बरालबाट एक लाख एक हजार १ सय ५, हेरम्बप्रसाद कोइरालाबाट ५१ हजार १ सय ११, दुर्गादत्त ढुंगानाबाट ५० हजार १ सय ५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

त्यस्तै गोविन्दबहादुर खत्रीबाट ३० हजार, महानगर वडा नं– ५ का वडाध्यक्ष धनबहादुर नेपाली, विश्वराज अधिकारी, लक्ष्मण कोइराला, कृष्णप्रसाद बराल, बाबुराम पौडेल र सुनिल खड्काबाट जनही २५ हजार १ सय ५, दिनबन्धु भुर्तेलबाट २५ हजार १ सय ५५  रुपैयाँ अक्षयकोषमा प्राप्त भएको भण्डारीले जानकारी दिए।

उनका अनुसार पुस्तकालयलाई महानगरकै एक नमूना पुस्तकालय बनाइने र अक्षयकोषको राशिलाई बढाएर १५ लाख रुपैयाँसम्म पुर्‍याइनेछ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.