हुलाकी राजमार्गका लागि भारतद्वारा २३ करोड सहयोग

हुलाकी राजमार्गका लागि भारतद्वारा २३ करोड सहयोग


हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले २३ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गरे । आयोजनाको ५१८ किमी सडक निर्माण गर्न बाँकी रहेकामा ३०० किमी भारतको सहयोगमा बन्नेछ भने २१८ किमी सरकारले बनाउने सम्झौता भएको थियो ।

यसअघि भारतकै सहयोगमा १०० किमी सडक निर्माण भइसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिए। दुई सय १८ किमी सडक निर्माणका लागि यसअघि आयोजनालाई भारतले २५ करोड रुपैयाा सहयोग गरेको थियो । तराईका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग निर्माण भइरहेको छ ।

भारतको सहयोगमा निर्माण हुने २१८ किमी सडकको लागत आठ अर्ब रहेको आयोजनाले जनाएको छ । सडक निर्माणका लागि नौ वटा ठेक्का भइसकेको छ । तीन वर्षमा हुलाकी राजमार्ग सम्पन्न हुने आयोजना प्रमुख मिश्रले बताए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.