पोखरामा सेती नदीले बगाउँदा तीन बेपत्ता


पोखराको बिच भएर बग्ने सेती नदीले बगाउँदा तीन जना बेपत्ता भएका छन्। सोमबार साँझ पोखरा लेखनाथ महानगरपालिका ३३ स्थित पशुपतिघाटमा सेती नदीमा नुहाउ गएका तीन जनालाई बगाएको प्रहरीले जानकारी दिएको छ।

सेतीले बगाएर दाङ घर भइ पोखरा ३३ बस्ने १७ वर्षीया संगीता नेपाली, १९ वर्षिय होम सार्की र १७ वर्षीय सुनिल परियार बेपत्ता भएको कास्की प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले बताए।

बेपत्ता तीन जना सेती किनारमा बालुवा झिक्ने काम गर्दै आइरहेको र सोमबार साँझ बालुवा झिक्ने काम सकेर नुहाउने क्रममा उनीहरूलाई सेतीले बगाएर बेपत्ता बनाएको उनले बताए।

उनले सेतीले बगाएकाको अहिले सम्भव भएसम्मको खोजी कार्य गरेको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.