३५ जना डिएसपी एसपी बढुवाका लागि सिफारिस (नामसहित)

रामेछाप घटनामा मुछिएका डिएसपी पनि बढुवा सुचीमा

तस्बिरः नेपाल प्रहरी


प्रहरी प्रधान कार्यालयले ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ।  राष्ट्रियअनुसन्धानबाट नेपाल प्रहरीमा सारिएका १२ मध्ये र बाँकी अरुलाई एसपीमा बढुवाका लागि हेडक्वाटरले सिफारिस गरेको हो ।

सिद्धि विक्रम शाह, सुशिल सिंह राठौंर, माधव प्रसाद श्रेष्ठ, डम्बर बहादुर विक, गणेश चन्द, उमाप्रसाद चर्तुवेदी, ओमबहादुर राना, सुरेन्द्र बहादुर गुरुङ्ग, हिमालय कुमार श्रेष्ठ, विमल बस्नेत बढुवा सुचीमा परेका छन् ।

उनीहरु राष्टिय अनुसन्धानबाट प्रहरीमा समावश गरिएका प्रहरी हुन् । राजन अधिकारी, इश्वर कार्की, केदार रजौरे, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आर्चाय, अरुण पौडेल, राजेन्द्र भट्ट, मनोज कुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया पनि बढुवामा परेका छन् ।

रविराज खड्का,सुर्दशन प्रसाद कोइराला, विनोद घिमिरे, जिवनकुमार श्रेष्ठ क, जयराज सापकोटा, शारदा प्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र घर्ती, रामेश्वर प्रसाद यादव, दिलिपसिंह देउजा र संजिव शर्मा दास पनि बढुवामा परेका छन् ।

दासलाई रामेछाप घटनामा मध्य क्षेत्र प्रहरी कार्यालयले विभागिय कारबाहीका लागि हेडक्वाटरमा पत्र पठाएको थियो । बलात्कारपछि बालिकाको हत्या गर्नेसँग साँठसाठ गरेको आरोप उनीमाथि छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.