कुलेखानी–फाखेल यातायात सञ्चालन


हेटौँडा–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–३ अन्तर्गत पर्ने सिस्नेरीको थिङडाँडामा शनिबार बिहान करिब २ बजे पहिरो जाँदा हेटौँडा–काठमाडौँको यातायात सेवा अवरुद्ध भएको छ।

सो बाटो अवरुद्ध भएकाले वैकल्पिक रुपमा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी–फाखेल सडकबाट बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सिस्नेरी सडकखण्डको थिङडाँडाको पहिरो हटाउन डिभिजन सडक कार्यालयबाट दुई डोजर त्यसतर्फ पठाइको र मौसम सुधार भएमा शनिबार नै अपराह्नदेखि यातायात सेवा सञ्चालन गर्ने लक्ष्य रहेको प्रजिअ नारायणप्रसाद शर्मा दवाडीले बताए। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.