क्यान्सरपीडितलाई ५ लाख सहयोग हस्तान्तरण


८ वर्षिय बोन क्यान्सरपीडित सलोन चेम्जोङको सहयोगार्थ गठित सलोन चेम्जोङ बचाउ अभियानबाट उठेको आंशिक रकम ५ लाख हस्तान्तरण गरिएको छ।

मोरङ जिल्लाको लेटाङ नगरपालिका जातेका योग्यबहादुर चेम्जोङ र भिमकुमारी सम्बाहाम्फेलाई हस्तान्तरण गरिएको हो। क्यान्सरपीडित सलोन चेम्जोङको उपचारको क्रममा परिवारमा आर्थिक अभाव भएपछि परिवारको बिशेष आग्रहमा अभियानले सहयोगको अपील गरिएको थियो।

अभियानका संयोजक सरगम सागर चेम्जोङका अनुसार ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो। उनले संकलन कार्य जारी रहेको पीडितको अपरेशन अघि पत्रकार सम्मेलन मार्फत हस्तान्तरण गर्ने जनाएका छन्।

बिभिन्न देशमा अभियान समूहमार्फत १८ लाख ८ हजार सहयोग सङ्कलन भएको छ। अहिले बिरामीको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ। बिरामीको बुबा योग्यबहादुर लिम्बुका अनुसार अहिले बिरामीको अवस्था स्थिर रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.