बाढीपहिरोले क्षति पुर्‍याएका पाँच जिल्लामा ३५ टन तारजाली वितरण


भूतथा जलाधार संरक्षण विभागले बाढीपहिरोले क्षति पुर्‍याएको पाँच जिल्लामा तारजाली वितरण गरेको छ ।

विभागले दार्चुला, गोरखा, लमजुङ, मकवानपुर र काभ्रेपलाञ्चोकमा तारजाली वितरण गरेको हो । दार्चुला र गोरखामा १०/१० टन, लमजुङमा तीन, मकवानपुरमा सात र काभ्रेपलाञ्चोकमा पाँच टन तारजाली वितरण गरेको विभागका महानिर्देशक विजयराज पौडेलले जानकारी दिए।

वर्षा लागेसँगै धेरै जिल्ला र व्यक्तिबाट तारजाली माग भएको थियो हामीले तारजाली वितरण निर्देशिकालाई आधार मानेर आकस्मिक रुपमा चाहिने जिल्लालाई मात्र वितरण गरेका हौँ,” उनले भने।

यस्तै जलुकेनी भूसंरक्षण समूह रसुवा, बुन्कल नगरपालिका बझाङ, तारकेश्वर नगरपालिका काठमाडौँ, मध्यविन्दु नगरपालिका नवलपरासी, सांसद रामअयोध्या यादव, सांसद गोकुलप्रसाद घर्ती, पूर्व सांसद पुष्पा भुसाललगायतले माग गरे पनि विभागले जिल्ला कार्यालयलाई प्राथमिकता दिएर उक्त तारजाली वितरण गरेको हो ।

विभागससँग रकम नभएकाले बाढीपहिरो नियन्त्रणमा समस्या भएको छ,” पौडेलले भने । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.