राष्ट्रिय फोटो पत्रकार समुह मोरङमा खनाल


संन्जीव खनालको अध्यक्षतामा राष्ट्रिय फोटोे पत्रकार समुह मोरङको ११ सदस्यीय कार्य समिति चयन भएको छ।

मोरङको विराटनगरमा मंगलबार बसेको फोटोे पत्रकारहरुको भेलाले खनाललाई अध्यक्ष चुनेको हो। उपाध्यक्षमा खनेन्द्रकुमार राई(अर्जुन), सचिवमा कमल रिमाल, सह–सचिवमा प्रेम देवान र कोषाध्यक्षमा पुष्पराज थपलिया चयन भए।

घोषित सदस्यहरुमा भोजराज घिमिरे, सन्दिप राई, गोपाल काफ्ले, गोविन्द पोखरेल, किरण न्यौपाने र विवेक वस्ती रहेका छन् भने बन्धु पोखरेल र लिलाबल्लभ घिमिरे सल्लाहकार चयन भएका छन्।

भेलामा राष्ट्रिय फोटोे पत्रकार समुहका केन्द्रीय अध्यक्ष ध्रुव आले र सचिव प्रदीपराज वन्तलगायतको उपस्थिती थियो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.