आफ्नै जिपले ठक्कर दिँदा काठमाडौंमा एकको मृत्यु


खिचापोखरीस्थित मेट्रो प्लाजामा सवारीसाधनले ठक्कर दिँदा चालक विनोद डङ्गोलको मृत्यु भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुर इमाडोलका ३० वर्षीय डङ्गोलको आफ्नै बा ७ च २४१३ नं को जिप पार्किङ गरी निस्कने क्रममा सोही गाडी पछाडि गुडेर उनलाई सोमबार अपराह्न ठक्कर दिएको थियो।

डङ्गोलको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.