राजविराज जेसिज भवनमा आगजनी


सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा आज बिहान आगजनी भएको छ ।

सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए। साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ।

यता आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा आगो लगाउने दोषीमाथि कडा कारबाही हुने प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.