फेवातालमा बेपत्ताको खोजी गर्न गएका प्रहरीको डुबेर मृत्यु


पोखरा-लेखनाथ महानगरपालिका  १८ स्थित चंखपुरबाट फेवातालमा हराएकाको खोजीमा संलग्न एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । सोमबार माछा मार्न गएका दुई युवा हराएपछि उनीहरुको खोजीमा गएका प्रहरी जवानको मंगलबार बिहान डुबेर मृत्यु भएको हो।

हराइरहेका मध्ये पोखरा लेखनाथ महानगरपालिका–३ नदीपुरका ललित पुन भेटिएपछि उनलाई निकाल्न गएका प्रहरी जवान पर्वत घर भई हाल पश्चिम शसस्त्र प्रहरी गण पोखरामा कार्यरत बल बहादुर कुँवरको डुबेर मृत्यु भएको हो ।

कुँवरलाई तत्काल उद्दार गरि उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोखराबाट ७ जनाको समूह माछा मार्न गएकोमा उनीहरु पामे नजिकैको चंखपुरस्थित फेवातालमा  सोमबार दुई जना बेपत्ता भएका थिए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.