हर्पन खोलाले बगाउँदा पोखरामा दुईजना बेपत्ता 

हर्पन खोलाले बगाउँदा पोखरामा दुईजना बेपत्ता 


पोखरा लेखनाथ महानगरपालिका १८ चखंपुरमा खोलाले बगाएर २ जना बेपत्ता भएका छन्। माछा मार्न गएका पोखरा ३ नदिपुरका दुई युवा हर्पन खोलाले बताएर बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा करिब २५ वर्षका ललित पुन र इन्द्र पुन रहेका छन्।
उनीहरुको  खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। बेपत्ताको गोता खोरका सहायताले खोजी भइरहेको वडा प्रहरी कार्यालय पोखरा ६ का प्रहरी निरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए।

उनले वर्षाले पानी बढेका कारण खोजी कार्यमा कठिनाइ भएको बताए। हर्पन र खहेर खोला मिसिएर फेवातालमा मिसिन्छ। चखंपुरसम्म आइपुग्दा खोलो ठुलो हुने स्थानीयले बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.