फरार अभियुक्त पक्राउ


सिन्धुपाल्चोकमा भूकम्पका कारण कारागार भत्केपछि फरार भएका मानव बेचबिखन तथा ओसारपासरका अभियुक्त बनेपाबाट पुनः पक्राउ परेका छन् ।

जिल्लाको साँगाचोकगढी नगरपालिका९ बस्ने २६ वर्षीय सन्तोष कार्कीलाई जिल्ला अदालत सिन्धुपाल्चोकले मानव बेचबिखन तथा ओसारपार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

फैसला कार्यान्यवनका क्रममा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले जानकारी दिए । उनले कारागार जीवन चार वर्ष बिताइसकेका छन् । कार्कीलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.