सिद्धबाबामा पहिरो, सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड अवरूद्ध


गए रातिदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा पहिरो गएको छ।

बिहानदेखि सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका छन्।

बिहानै झरेको पहिरो अहिले हटाउने काम जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

हरेक वर्ष सिद्धबाबामा पहिरो जाँदा सो सडक हुँदै आवज जावत गर्ने यात्रुहरुले सास्ती बेर्होनु परेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.