आफैंले बोकेको हतियारबाट निरीक्षकले गरे आत्महत्या


जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैंले बोकेको हतियारबाट आत्महत्या गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबर्धन खत्रीले गएराति आफैंले बोकेको बन्दुकले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिए।

उदयपुरको त्रियुगा नगरपालिका– ११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न नसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.