नेपालमा कडा खालका लागुऔषध प्रयोगकर्ता १ लाख ४१ हजार

नेपालमा कडा खालका लागुऔषध प्रयोगकर्ता १ लाख ४१ हजार




नेपालमा लागुऔषध छोड्नै नसक्ने अवस्थामा १ लाख ४१ हजार ८ सय ३४ जना प्रयोगकर्ता रहेको भेटिएको छ।

लागु औषध प्रयोगकर्ता एवम् संघसस्थाहरुको महासंघ रिकभरिङ नेपालले नेपालमा कडा खालका दुर्ब्यसनी१ लाख ४१ हजार ८ सय ३४ जना रहेको जनाएको हो।

रिकभरिङ नेपालले यही वर्ष गरेको अध्ययनमा नेपालमा १ लाख ४१ हजार ८ सय ३४ जना लागुऔषध प्रयोगकर्ता कडा खालको भेटिएको अध्यक्ष विष्णु शर्माले जानकारी दिए। ५२ हजार जना इजेक्सनबाट लागुऔषध सेवन गर्ने भेटिएको उनले बताए।

लागुऔषध प्रयोगकर्तामध्ये १० प्रतिशत युवतीहरु रहेको अध्ययनले देखाएको छ। नेपालमा १ सय ५० भन्दा रिह्याव सेन्टर छन्।
नार्कोनान नेपालका बसन्त कुँबरले २६ हजार युवतीहरु लागु औषधमा फसेको बताए। अधिकांश युवतीको केटासाथीकै संगतबाट दुर्ब्यसनीमा परेको उनले बताए।

‘सय जना डाक्टरमा ६० जनाले लागुऔषध सेवन गरेको भेटिएको छ,’ उनले भने, ‘लागु औषधदुर्ब्यसनीमा डाक्टरमात्र होइन, इन्जिनियरहरु समेत परेका छन्।’

डाक्टर, इन्जिनियरहरुले कतिपय रिह्याव सेन्टरमा अहिले पनि उपचार लिइरहेको कुँबरले बताए।

गृह मन्त्रालयका मुख्य औषध नियन्त्रण अधिकारी केदार न्यौपानेले शिक्षकहरुबाटै विद्यार्थीलाई दुब्र्यसनीबाट जोगाउन आवश्यक रहेको बताए।

नेपालका अधिकांश शिक्षकहरुले विद्यार्थीहरुलाई लागु औषधतर्फ प्रोत्साहित गर्ने गरेको भेटिएको अनुभव सुनाए।

‘मैले अधिकांश स्थानमा विद्यार्थीहरुले रक्सी र चुरोट खान शिक्षकहरुबाटै सिकेको भेटेको छुँ , ‘उनले भने। ‘सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुबाट पनि मानिसहरुले चुरोट, रक्सी र लागु औषधको सिकेको भेटियो,’ उनले थपे।

लागुऔषधदुर्ब्यसनीमा पर्नबाट जोगिन सरकारले उत्पादन गर्ने स्थान, संचय, ब्यापार गर्ने कुरामा गृह मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिइसकेको न्यौपानेले बताए।

लागु औषध नियन्त्रण महाशाखाका प्रमुख एसएसपी धिरु बस्नेतले नेपालका फार्मेसीहरु पनि लागु औषध बेचबिखन भइरहेको बताए। त्यसका साथै नेपाल लागु औषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट बनेको उनले सुनाए।

लागु औषधमा मनि लाउड्रिङ र आतंकवादीहरुको पनि सम्लग्नता हुनसक्ने भन्दै उनले नेपाललाई अफिम र कोकिन ओसारपसारको ट्रान्जिट प्वाइन्ट बनाउन नहुनेमा उनले जोड दिए।

नेपालमा असार १२ गते लागु औषध दुरुपयोग एवम् ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइदैछ। सरकारले यही असार ६ गतेदेखि १२ गतेसम्म वालबालिका र युवाको स्वास्थ्थ र सुरक्षित विकासको लागि सर्वप्रथम उनीहरुको कुरा सुनौँ भन्ने नारा तय गरेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.