साउदीमा बस्दा युवतीसँग चिनजान, नेपाल आएपछि हत्या

साउदीमा बस्दा युवतीसँग चिनजान, नेपाल आएपछि हत्या


काठमाडौंको कोटेश्वरस्थित होम एण्ड गेष्ट हाउसको कोठाभित्र युवतीको हत्या गरी फरार भएकालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका ५१ वर्षीय बन्द्री प्रसाद तिमल्सिनालाई पक्राउ गरेको एसपी प्रकाशजंग कार्कीले जानकारी दिए।

अभियुक्त बन्द्री प्रसाद तिमल्सिना

तिमल्सिनाले यही वैशाख २३ गते काभ्रेकी २८ वर्षीया लक्ष्मी तामाङको हत्या गरेका थिए। होटलमा बास बस्न गएका उनले सोही रात लक्ष्मीको हत्या गरेर फरार भएका थिए। आर्थिक लेनदेनमा विवाद भएपछि तिमल्सिनाले लक्ष्मीको हत्या गरेको खुल्न आएको एसपी कार्कीले बताए। कार्कीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए।

तिमल्सिनाले वैदेशिक रोजगारका क्रममा आफू साउदी अरवमा रहदाँ लक्ष्मीसँग फोनबाट चिनजान भएको बताएका छन्। गत चैतमा नेपाल आएका तिमल्सिना पछिल्लो समय लक्ष्मीसँग निरन्तर सम्पर्कमा थिए।

लक्ष्मीले आफूसँग धेरै ऋण लिएको र त्यसैमा विवाद हुदाँ उनको हत्या गरेको तिमल्सिनाले प्रहरीसमक्ष बताएका छन्। रकम नदिएपछि लक्ष्मीको हत्या गरी उनले लगाएका सुनका गहना बोकेर तिमल्सिना फरार भएका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.