बलात्कार घट्नामा बाबुविरूद्ध छोरीको उजुरी

बलात्कार घट्नामा बाबुविरूद्ध छोरीको उजुरी




पाँचथरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाले आफ्नै ४१ वर्षीय बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा ‘हाडनाता करणी’सम्बन्धी उजुरी दर्ता गरेकी छिन्। पीडित बालिकाले पाँचथर प्रहरीमा वैशाख ४ गते दिएको उजुरी ५ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए।

पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको र पछिल्लो पटक वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएकी थिइन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको प्रहरीले जनाएको छ।

पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई वैशाख ४ गते गिरफ्तार गरिएको पनि डिएसपी पोख्रेलले बताए ।

स्थानीय विद्यालयको कक्षा ८ मा अध्ययनरत बालिकाकी आमा विगतबाट वैदेशिक रोजगारीको शिलशिलामा छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.