पोखरामा विद्युत मर्मत गर्दा करेन्ट लागेर ३ कर्मचारी घाइते


पोखरा लेखनाथ महानगरपालिका ७ मासबारमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर तीन जना घाइते भएका छन्। बुधबार बिहान साढे सात बजे विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेको हो। करेन्ट लागेका विद्युत प्राधिकरण पोखरामा कार्यरत पदम बहादुर पुन, भुवन बहादुर मगर र राजेन्द्र हमाल घाइते भएका छन्। घाइते पुन र मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते हमालको मेट्रोसिटि हस्पिटलमा उपचार पछि घर फर्किएका छन्।

गम्भीर घाइते पुनको खुट्टा जलेको छ।

यसैबीच पोखरामा बिहानदेखि विद्युत आपुर्ती बन्द भएको सूचना अधिकृत सुरेन्द्र शर्माले बताए। केन्द्रीय प्रशारण लाइनमा नै समस्या देखिएको कारण विद्युत आपुर्ती बन्द भएको उनको भनाई छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.