बिष्केटमा लिङ्गो जात्रा हेर्न हजारौको भीड

बिष्केटमा लिङ्गो जात्रा हेर्न हजारौको भीड




नेपालको प्राचिन शहर भक्तपुरमा नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नौ दिन आठ रात सम्म मनाइने बिस्केट जात्रा चलिरहेको छ। भेलुखेलमा हिजो साँझ उठाईएको लिङ्गो जात्रा हेर्न तथा पूजा गरि बलि दिनका लागि वैशाख १ गते अर्थात आज बिहानैदेखि हजारौंको भीड लागेको थियो।

चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरि साँझ लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा हेरेमा मनोकांक्ष पुरा हुने शत्रर नाश हुने जनविश्वास रहेको छ ।

लिच्छवीकालदेखि विस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथयात्रा गरी मनाउन सुरू गरिएको यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछ ।

परापूर्वकालदेखि चलिआएको र विश्वप्रसिद्ध यो जात्रा विस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । भोली गःहिटीमा रहेको भैरवलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल लैजाने बित्तिकै साँझ ५५ हात लामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने गरिन्छ ।

हेर्नुहोस् तस्बिरमा

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.