मकवानपुरमा ट्र्याक्टर पल्टिँदा तीन जनाको मृत्यु भएको छ।
बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्र्याक्टर पल्टिँदा तीन जनाको मृत्यु भएको हो।
मंगलबार दिउँसो फास्ट ट्र्याकमा काम गरिरहेकाहरू खाना खानका लागि ट्र्याक्टरमा चढेर जाँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीले जानकारी दिए।
उक्त ट्र्याक्टरमा २१/२१ जना चढेर खाना खान गइरहेका थिए।
उनका अनुसार मृत्यु हुनेमा बकैया गाउँपालिका-७ का ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी, ४५ वर्षीय सन्तलाल माझी हुन्। उनीहरूको टाउकोमा चोट लागेकाले उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
'ट्र्याक्टर सडकबाट १० फिट तल पुगेको छ,' डिएसपी बोगटीले भने, 'के कारणले दुर्घटना भयो भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौं।'