दाङमा बस दुर्घटना भएको छ।
डडेलधुराबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका-१ को कोडिया पुल नजिक दुर्घटना भएको हो।
वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर रोशनराज पाण्डेयका अनुसार दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्।
घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।