सरकारका र फोहोर व्यवस्थापनमा अवरोध गरिरहेका धादिङ धुनीबेसी र नुवाकोट सिसडोल क्षेत्रका स्थानीयवासीबीच सहरी विकास मन्त्रालयमा वार्ता जारी छ।
उक्त वार्ता सहमति नजिक पुगेको स्थानीय विश्वास ढुंगानाले जानकारी दिए।
‘हामी सहमतिको नजिक छौं। सहमति मस्यौदा भएर सम्पादन भइरहेको छ। केही बुँदा मिलाउने काम पनि गरिरहेका छौं। यसलाई आजै अन्तिम रूप दिन्छौं,’ उनले भने।
उनका अनुसार १५ दिनअघिको सम्झौता पालना नगरिएकाले स्थानीय आन्दोलित भएका थिए। राति फोहोर व्यवस्थापन गर्न मिल्ने गरी ऊर्जा मन्त्रीसमेत रहेका कुलमान घिसिङले बत्ती जडानको प्रबन्ध गरेका थिए।
फोहोरको वैज्ञानिक व्यवस्थापन, आन्दोलनकारीका अन्य मागबारे मन्त्री मन्त्री घिसिङ सकारात्मक भएकाले स्थानीय फोहोर विसर्जनको अवरोध हटाएका थिए।
तर कुनै पनि माग पूरा नभएको भन्दै बुधबारबाट स्थानीय पुनः आन्दोलित भएपछि धादिङको धुनीबेसी–१ मा रहेको बञ्चरेडाँडा ल्यान्डफिल साइट पुगेका फोहोरका ३०० कन्टेनर बाटैमा रोकिएका थिए।
सरकारले आन्दोलनरत समूहलाई बुधबार नै वार्तामा बोलाएको थियो। तर हिजो सहमति हुन नसकेपछि आज पुनः छलफल भएको हो।
‘वार्ता सकारात्मक छ। मन्त्रीले सबै माग पूरा गर्छु भन्नुभएको छ,’ ढुंगानाले भने।