काभ्रेमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरूद्ध गरेका छन्।
बिहीबार बिहान ९ बजे बाह्रबिसेबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले पाँचखाल नगरपालिका-४ तामाघाटमा ६६ वर्षीय दिलबहादुर श्रेष्ठलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइेत भएका उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टका अनुसार घाइते भएका दिलबहादुरको उपचारका लागि लैजाँदा बाटैमा मृत्यु भएको हो।
मृत्यु भएपछि स्थानीयहरूले सडक अवरूद्ध गरेको डिएसपी विष्टले बताए।
तस्बिरहरूः
-ink-1763625153.jpeg)
-ink-1763625152.jpeg)
-ink-1763625152.jpeg)
-ink-1763625152.jpeg)
-ink-1763625152.jpeg)