सल्यानमा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ।
छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय चालक देबेवेन्द्र सिंहको बुधबार राति साढे ८ बजेतिर भएको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो।
लेखपोखराबाट लान्टीतर्फ जाँदै गरेको रा १ त २४३८ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भई छत्रेश्वरी–५ कोलचौरस्थित भित्री कच्ची सडक खण्ड दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय सल्यानको सूचना शाखाका अनुसार ट्र्याक्टर १५ मिटर जति तल खसेको थियो।
ट्र्याक्टरको ट्रलीले च्यापेको हुँदा चालकको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव निकालिएको प्रहरीले जानकारी दिएको छ।
चालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल खलंगामा पठाइएको छ।