अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साढे ४ लाख रूपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
रौतहट जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र राजदेवी नगरपालिका-७ का अरविन्द प्रकाश साहविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
प्रधानाध्यापक संजयले शिक्षक नियुक्तिका लागि रसायन विज्ञान विषयको परीक्षाको प्रश्नपत्र उपलब्ध गराइदिने र करारमा नियुक्ति दिलाई दिने भनी साढे ४ लाख रूपैयाँ अरविन्दसँग लिएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
पौडेलका अनुसार उनीहरूले भ्रष्टाचार गरेबापतको रकम बिगो मागदाबी गरिएको छ।