१२ हजार रूपैयाँ घुस लिएको आरोपमा एक जना नायब सुब्बाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
जिल्ला अदालतमा बाँकेमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
धमलाले फैसलाको प्रतिलिपि दिने भनेर सेवाग्राहीसँग घुस लिएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
'१२ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका हौं,' उनले भने।
उनले घुस लिए बापतको रकम विगो माग गरी मुद्दा दर्ता गरिएको प्रवक्ता पौडेलले बताए।