ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली जडान गरेको छ।
मंगलबार महानगरका मेयर चिरिबाबु महर्जनले आपत्कालिन सूचना प्रणालीको सुभारम्भ गरेका हुन्।
उनका अनुसार आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यका साथ उक्त प्रणाली जडान गरिएको हो।
'यो अहिले हामीले डेमो गर्न खोजेको हो। अहिले यो प्रणाली परीक्षणको रूपमा पाटन दरबार र पाटन अस्पतालमा सञ्चालनमा ल्याएका छौं,' उनले भने, 'यसले प्रभावकारी ढंगले काम गरे ललितपुरको सबै चोकहरूमा यी यन्त्र जडान गर्ने छौं।'
यो यन्त्र सात सेकेण्डसम्म थिच्दा कता आगलागी भएको हो भनेर नगर प्रहरीको सूचना जानेछ। जसमा कुन ठाउँबाट बजाइएको हो भनेर गगुन लोकेशनमा समेत देखाइने छ। जसले गर्दा आगलागी नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ।